Sunday, June 14News That Matters

करेला फाईदा जनक हुने

पुर्णपुष्टि, फागुन ११
मानिसको शरीरमा देखा पर्ने विभिन्न साना देखी ठुला समस्या समाधानको लागि करेलाले मद्दत गर्दछ । पेटसम्बन्धि समस्याहरुको लागि करेलाले फाईदा जनक काम गर्ने गर्छ । शरीरमा अनावश्यक फोका र घाउ देखिएमा करेलाको जरा पिनेर लगाउनु पर्दछ । करेलाको जराले घाउ तथा अन्य फोकाहरुलाई निको पार्दछ ।
यदि जरा नभेटिएको अवस्थामा करेलाको पात र बोक्रा पिनेर लगाउँदा पनि घाउको दुखाईलाई कम गर्ने र छिटो, निको पार्दछ भने पत्थरी भएको मानिसले ताजा करेलाको रस सेवन गर्दा यो रसले पत्थरीको समस्यालाई राहत दिने र निकाल्न मद्दत गर्ने गर्दछ ।
यो करेलाको रसले कान दुखेको मानिसको समस्या कम पनि गर्दछ । कानमा ४ थोपा करेलाको रस हाल्दा दुखाईलाई राहत दिन्छ ।