Sunday, June 14News That Matters

सहिद स्मारक ’बी’ डिभिजन लिगमा नयाँ बस्तीको जित

पूर्णपुष्टि, फागुन ११

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युवा कल्बले जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो ।

नयाँ बस्तीका सचु गुरुङ र अवय धिमालले १÷१ गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले १ गोल फर्काएको थियो ।

‘बी’ डिभिजन लिग फुटबल आजैदेखि सुरु भएको हो । कोरोना महामारीका कारण गत चैत ५ गते लिग स्थगित भएको थियो ।