
पूर्णपुष्टि, जेठ २६ गते ।
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये दैलेखका १० जना, सल्यानका ६ जना र सुर्खेतका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
दैलेखको गुराँस गाउँपालिका–४ र डुङ्गेश्वर गाउँपालिकाका २÷२ जना पुरुष रहेका छन् भने नारायण नगरपालिका–३, ६, नौमुले गाउँपालिका–१,७, ८ र आठबीस नगरपालिका–७ का १÷१ जना पुरुष रहेको जनाइएको छ ।
यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ र ३ वडाका ३ जना पुरुष, कुमाख गाउँपालिका–१ र ३ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । सुर्खेतका संक्रमित बराहताल गउँपालिका–१० का पुरुष भएको जनाईएको छ ।
