
पूर्णपुष्टि, असार २ गते ।
कर्णाली प्रदेशमा थप १ सय ९१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्या ३ सय ४२ पुगेको छ ।
दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
यसअघि विभिन्न अस्पतालबाट १ सय ५१ ज्ना उपचारपछि निको भएर डिस्चार्ज भई घर गइसकेको जनाएको छ ।
