
पूर्णपुष्टि, असार २ गते ।
आज कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।
दैलेखका ५ र सुर्खेतका ४ जना रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
दैलेखमा संक्रमितको सख्या ६ सय ३४ पुगेको छ भने सुर्खेतमा २ सय ३५ पुगेको छ । यस्तै, सल्यानमा १ सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १/१ जना संक्रमित फेला परेको जनाईएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
