
पूर्णपुष्टि, जेठ २७ गते ।
कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।
सल्यानका १२, सुर्खेतका ४ र जुम्लाका २ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संखया ६ सय ७१ पुगेको छ ।

