
पूर्णपुष्टि, जेठ २७ गते ।
बाँकेका थप २९ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका ७ जनालाई मंगलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा उपचारपछि निको हुने संक्रमितको संख्या ९७ पुगेको छ । उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा अहिलेसम्म दुई सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । एक जना संक्रमितको क्वरेण्टीनमा नै मृत्यु भएको छ ।
