Saturday, June 27News That Matters

कर्णाली प्रदेशमा थप २१४ जना कोरोना संक्रमित उपचारपछि निको भए

पूर्णपुष्टि, असार १४ 

कर्णाली प्रदेशमा थप २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

निको भएर घर फर्कनेमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकाको आइसोलेसन सेन्टरबाट ३ महिला र १ सय २९ पुरुषगरी १ सय ३२ जना संक्रमित निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट ७ महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट २ महिला ७ पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट १ महिला, ७ पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट १÷१ जना संक्रमित निको भएर घर फर्केको महाशाखाले जनाएको छ ।

शनिबार २ सय १४ जना निको भएसँगै कर्णाली प्रदेशमा निको हुनेको सख्ंया ९ सय ३४ पुगेको छ ।