
पूर्णपुष्टि, असार १४
भारतबाट शनिबार नेपाल प्रवेश गरेको सलह किरा उदयपुरको कटारीमा प्रवेश गरेको छ । किरा शनिबार साँझ पख देखा परेको कटारी नगरपालिकाको कृषी विकास शाखाले जनाएको छ ।
हिजो साँझ कबिर ५ बजे १५ देखि ५० वटासम्मको समूहमा किरा देखा परेको कटारी नगरपालिका कृषी विकास शाखाका प्रमुख सोनु मिश्रले बताए । पहिलो पटक देखा परेको किराले तत्काल बाली नाली नष्ट नगरेको जनाईएको छ । सलह किरा देखा परेपछि कृषकहरु चिन्तित भएका छन् ।
अहिले प्रवेश गरेको किराको पहिचान गर्नका लागी बालि संरक्षण प्रयोगशाला विराटनगरमा पठाएको प्रमुख मिश्रले बताए । यसको प्रकोपबाट बच्नका लागी तत्काल एफएम रेडियोमा सुचना प्रशारण गर्न थालेको जनाएको छ ।
सलह कीरा देखा परेपछि यसको जोखिमबाट बच्ने उपायसहित संभव हुने व्यावस्थापनका विधिहरु अवलम्बन गर्न कृषी शाखाले आग्रह गरेको छ । सलह हटाउन ठुलठूला आवाज आउने वस्तु बजाउने, आगो बाल्ने, धुवाँ निकाल्ने जस्ता क्रियाकलाप गरे बारिमा नबस्ने जनाईएको छ ।
बालीनालीका बोटहरू हल्लाइ दिने, चराहरूलाई संरक्षण गर्ने, सलह उडनु अघि बिहान बिहानै बाली खानु भन्दा पहिलै बारीबाट सलहलाई धपाउने, प्रकोप क्षेत्रका कृषकहरूलाई पनि विषादीरहित सलह संकलन गरी पशुपंछी तथा माछाको दानाहरूमा प्रयोग गर्ने, नेट तथा जालीहरूले छोक्ने, जालमा समात्ने आदि विधि अपनाउन सकिने जनाईएको छ ।
