Friday, May 22News That Matters

मदन भण्डारीको जन्मजयन्तिमा बृक्षारोपण

पूर्णपुष्टि, असार १४

आज तत्कालिन नेकपा एमालेका महासचिब जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल परिषरमा विरुवा रोपिएको छ ।

नेपाल नेत्रज्योति संघ उदयपुरको मातहतमा सञ्चालनको तयारीमा रहेको आँखा अस्पताल परिषरमा स्व. भण्डारीको नाममा १ न. प्रदेशका योजना आयोगका सदस्य मिना भण्डारीले वर्वुल जातको विरुवा रोपेर उद्घाटन गरिन् ।

सोही अवसरमा भण्डारीले मदन भण्डारीका रचना तथा उनलाई जोडेर लेखिएका कितावहरु त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडा र संगम पुस्तकालयलाई हस्तान्तरण गरिन् । भण्डारीसँगै जिल्लाका राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज, पत्रकार रस्थानीयले सिताअशोक, वर्वुल र नागेश्वरी जातका बिरुवा रोपेका छन् । सोअवसरमा सदस्य भण्डारीले अस्पतालको वातावरण र पर्यावरणलाई जोगाउन विरुवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।

उनले रोपिएका विरुवाको संरक्षण र सम्र्बद्धनका लागि ध्यान दिनु पर्ने बताईन् । भण्डारीले संसारको सौन्र्दयतालाई नियाल्ने आँखाको संरक्षणकालागि स्थापना गरिएको अस्पताल आफैमा पवित्रस्थल भएकाले विनाभेदभाव सबैको पहुँचमा पुर्याउन आग्रह गरिन् । उनले मदन आफैमा वहुप्रतिभाशाली व्यक्ति भएकाले उहाँले प्रतिपादन गरेको जनताको वहुदलिय जनवादलाई व्यवहारमा परिणत गर्न सके मात्र समृद्ध देश र सुखी नेपाली कल्पना गर्न सकिने बताईन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले मदनको विचार प्रेरणादायिक र अहिलेपनि जिवीतै रहेको बताए । प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख बिरुवाको संरक्षण र संवद्र्धनकासाथै हरियालीमा परिणत हुने हुँदा सबैले अपनत्व लिनु पर्र्नेमा जोड दिईन् ।

कार्यक्रममा आयोजक नेपाल नेत्र ज्योति संघका सभापति भागवत राउतले अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको बताए । उनले भवन निर्माणको कार्य सम्पन्न भईसकेकाले केहि प्राविधिक पंक्ष मेसिनहरु जडान कार्य मात्र बाँकी रहेको जानकारी दिए ।

अघिल्लो बर्ष अस्पताल परिषरमा आफन्तको सम्झनामा १० कठ्ठा जग्गामा कपुर, खमारी, रुद्राक्ष, मलेसियनसाल, तेजपत्ता, अग्रउड, विरेन्द्रफुल, वयस प्रजातिका १ सय १५ वटा बोटविरुवा रोपेको उनले बताए । ति मध्ये ५ वटा विरुवा मात्र मरेको बाँकी सबै विरुवा संरक्षण भएको बताए ।