Wednesday, June 24News That Matters

कर्णाली प्रदेशमा थप ५५ जना कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २९ गते । 

आज कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

दैलेखको डुंगेश्वर पाउँपालिका वडा नं. १, ३, ४, ५ र ६ का ६ महिनाको शिशुसहित ३९ जना रहेका छन् । त्यसमध्ये चारजना महिला र ३५ जना पुरुष रहेका छन । दैलेखकै ९ जना संक्रमित पुरुषको स्थानीय तहको नाम खुलेको छैन ।

त्यस्तै सुर्खेतको चिङ्गाड गाउँपलिका वडा नं. १, २ र ४ का ६ जना पुरुष रहेका छन् । १ जना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. २ घर भए हाल चिङ्गाड–५ बस्दै आएका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशमा अहिलेसम्म ६० जना उपचारपछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।