
पूर्णपुष्टि, असार ५ गते ।
कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ९ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेतका ६ जना, दैलेखका २ र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाका – १, २, ६, ८ र ११ का एक महिलासहित ६ जना, दैलेखको भैरवी गाउँपालिकका–२ का २ जना पुरुष र जाजरकोटको छेडागाड नगरपालिका–४ का १ जना पुरुष रहेको जनाईएको छ ।
आज मेहेलकुना अस्पताल सुर्खेतबाट १ जना, कालीकोट जिल्ला अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५ सय ८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
