
पूर्णपुष्टि, असार ५ गते ।
मकवानपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनहरि गाउँपालिकाको हाँडीखोलाको लामिटार क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर ४ दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । मनहरि गाउँपालिका–१, का २ जना, ४ नम्बरका २ जना र ७ नम्बरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने ४ नम्बरकै १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको वाग्मती प्रदेश सामजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएका पुरुषहरू २८ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरु गत जेठ १८ र २५ गते भारतबाट आएको गाउँपालिकाले व्यवस्थापन गरेको लामिटार क्वारेन्टिनमा रहेका २९ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो ।
