
पूर्णपुष्टि, असार २८
सुनसरीमा कर्तव्य ज्यान मुद्धामा फरार रहेको एका प्रतिवादी पक्राउ परेको छ । ईटहरी–१ का २४ वर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिवादी ईटहरी–२ का ३१ वर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
मिति २०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी–५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिवादीहरुको खोजतलासलाई अभियानकै रुपमा तीब्रता दिईसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान आर आईटी) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट कर्तवय ज्यान मुद्धामा दोषी ठहर भई २० वर्ष कैद तोकी क्षेत्रीय कारागार झुम्का पठाईएको प्रहरीले जनाएको छ ।
