
पूर्णपुष्टि, असार २८
शनिबार परेको भारी वर्षाले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ का विभिन्न स्थानहरु प्रभावीत भएका छन् । वर्षाले वडाको विभिन्न स्थानहरु बैरागी टोल, सनुवा, जोगीदह, नयाँ बस्ती मिलन चोक र रामजानकी बस्ती प्रभावीत भएको हो ।
बैरागी, सनुवा सुक्नाई, लुहाले, बेहर्वा लगाएतका खोलाको पानी बस्तीमा पस्दा त्यहाँका स्थानीयहरु प्रभावित भएका हुन् ।
बैरागी खोलाको बाधँ भत्कीदा बैरागी बस्तीमा बाढी पसेरको थियो । बाढी बस्तीमा छिर्दा त्यहाँका करिब ३०÷३५ घर प्रभावीत भएका छन् । बाढीले स्थानीय गोपाल कार्कीको घर समेत लडाएको वडा अध्यक्ष घमान सिंह खत्रीले बताउनुभयो ।
त्यस्तै, सनुवा सुक्नाई खोलाको बाधँ भत्कीएर बाढी सनुवाको नमुना टोल पस्दा २० घर प्रभावीत भएको छ । वडा कार्यपालिका सदस्य कमला खड्काका अनुसार टोललाई क्षती पुर्याउनुका साथै त्यहाँका करिब ६ विगाहा रोपाई गरिएको जमिनमा खोलाको बालुवा थुप्रदा बगर बनेको बताउनुभयो ।
त्यस्तै, जोगीदहमा पनि बेहर्वा खोलाको पानी पसेर स्थानीयहरुलाई प्रभावीत बनाएको अध्यक्ष खत्रीले बताउनुभयो ।
यता, भारी वर्षाकै कारण मोतियाहीको किराना पसल डुवाएको छ । नालीको पानी कट्न नसक्दा रामजानकी टोल बस्ने दुर्गानन्द राजधामीको पसलका सवै सामाग्री भिजेको वडा अध्यक्ष खत्रीले जनाकारी दिनुभयो । मोतियाहीको योग भवन जानेबाटो पनि वर्षाका कारण प्रभावीत भएको छ । लुहाले खोलाको पूर्वपटीको बाधँ बाढीले भत्कीदा खोला छेउको नयाँ बस्ती मिलन चोक जोखिममा रहेको छ ।
सनुवा सुक्नाई खोलामा बाधँ पून निर्माण भइसेको र बैरागी, बेहरवा, लुहाले लगाएतका खोलामा जेसिबी लगाएर बाधँ निर्माण गरि रोकथाम कार्य भईरहेको अध्यक्ष खत्रीले बताउनु भएको छ । खत्रीका अनुसार सम्पूर्ण विवरण आइनसकेकोले कति क्षती भएको एकीन गर्न नसकिएको बताउनुभयो ।
