Thursday, May 7News That Matters

गाईघाटको एक मोवाईल पसल चोरी

पूर्णपुष्टि, असार २८

गाईघाटमा गएराति एक मोवाईल पसल चोरी भएको छ । बिभिन्न कम्पनीको मोवाईल सेट, नगद र अन्य मोवाईलको सामानहरु चोरी भएको हो । गाईघाटमा रहेको किशोर मोवाईल मर्मत सेन्टरबाट राति १३ ओटा मोवाईल सेट, मर्मत गरेको ५ ओटा स्कृन टच मोवाईल, अन्य सामानहरु ब्याट्री ८ ओटा चार्जर १० ओटा, इयरफोन ८ ओटा, ३२ जिविको मेमोरी ५ ओटा र नगद समेत चोरी भएको पसलका प्रोपाईटर किशोर राईले बताए ।बन्द गरेर घर गएको पसल बिहान आउँदा ढोका फुटाउने कोशि गरेको र ढोका नफुटे पछि भेन्टिलेसन बाट छिरेर सामान चोरी गरेको प्रहरीले जनाएको छ । पसल चोरी भए पश्चात तत्काल प्रहरीलाई खबर गरी प्रहरीले पसलको अवस्था बुझेको छ । राईले चोरी गर्ने व्यक्ति पत्ता लगाउन भन्दै प्रहहरीमा चोरी सम्बन्धि उजुरी दिएको छ । उजुरी पश्चात प्रहरीले चोरको खोजी कार्या गर्ने जनाएको छ ।