Sunday, June 28News That Matters

कर्मचारीमा कोरोना पुष्टि, ताहाचल कार्यालयबाट श्रम स्वीकृति बन्द

पूर्णपुष्टि, असोज १४

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि कार्यालयबाट सेवा बन्द भएको कार्यालयले जनाएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द भएको जनाईएको छ । सरकारले भदौं महिनादेखि श्रम स्वीकृति खुलाएको थियो भने पुनः श्रम स्वीकृति सेवा गत असार १८ गतेदेखि नै दिन थालिएको थियो ।

कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ ।