
पूर्णपुष्टि, असोज १४
दूधकोशी हाइड्रोपावर नेपालले ७० मेगावाटको विद्युत् उत्पादन गर्नका लागि अनुमति पाएको छ ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा बिजुली उत्पादनको लागि विद्युत् विकास विभागबाट अनुमति पाएको हो ।
यसअघि सोलुखुम्बुमा थुलुङ दुधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत् गृह निर्माण गरी २ सय ३० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान सहित प्रक्रिया अगाडि बढाइएको थियो ।
दूधकोशी जलासययुक्त आयोजनाको कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र ४ नम्बर वडाको खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमति पत्र प्राप्त भएको जनाईएको छ ।
उर्जा मन्त्रालयको आवश्यक अध्ययनपछि वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने बित्तिकै निर्माणको काम सुरु गरिने जनाईएको छ ।

