
गाईघाट/माघ, ८
कर्मचारी मिलन केन्द्र उदयपुरको भवनको थप निर्माण तथा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । बुधबार पत्रकार भेटघाट तथा अन्तक्रियामा भवन मर्मतको कार्य र आर्थिक संकलनको प्रतिवेदन प्रस्तुत गर्दै काम अन्तिम चरणमा पुगेको समितिले बताए ।
२०५२ सालमा स्थापना भएको सो भवन निर्माण अवस्थामा मात्रै सिमित रह्यो । भवनको बिभिन्न भौतिक सामान तथा भवनको कम्जोर अवस्थालाई मध्यनजर गर्दै २०७६ साल साउन १० गते हिरा न्यौउपानेको अध्यक्षतामा गठन भएको तदर्थ कार्यसमितिले भवन मर्मत तथा थप निर्माणको कार्यमा योजना बनाए ।
समितिको योजना अनुसार भवनको मर्मत तथा निर्माण गर्ने निर्णय भएपछि बिभिन्न निकायहरु सँग आर्थिक संकलनको योजनाहरु तयार समितिले ग¥यो । योजनामा कसरी आर्थिक संकलन गर्ने भन्ने बारे समितिले मिलन स्मारिका प्रकाशनको योजना बनाए । योजना पश्चात उदयपुरको बिभिन्न पर्यटन क्षेत्रहरुलाई प्रचार प्रसारमा टेवा पुराउँदै मिलन स्मारिका प्रकाशन भयो ।

मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेको अनुसार भवन मर्मत कार्यमा मिलन स्मारिकाको ठुलो भुमिका रहेको बताउनु हुन्छ । मिलन स्मारिका प्रकाशनले उदयपुरको बिभिन्न नगरापालिका तथा गाउँपालिकाहरुको पर्यटन क्षेत्रमा समेत प्रचारप्रसारको भुमिका खेलेको उहाँले बताउनु भयो । भिन्नि पालिकाहरुको धार्मिक तथा मनोरञ्नको क्षेत्रमा रहेको पर्यटकिय स्थलहरुलाई स्मारिकामा समेटेको उहाँले बताउनुभयो । नेपाल भ्रमण २०२० लाई समेत मध्यनजर गर्दै तयार गरिएको स्मारिकाले सबै भन्दा धेरै आर्थिक संकलनमा टेवा पुराएको न्यौपानेले बताउनुभयो ।

मिलन स्मारिका बाट भवन मर्मतको लागि माघ ७ गते सम्म २० लाख १९ हजार ४ सय ७५ रुपयाँ संकलन भएको समितिले आर्थिक प्रतिवेदनमा प्रस्तुत गरे । सरकारी कार्यलय, बैँङक, नगरपालिका गाउँपालिका, उदयपुर सिमेन्ट, भौतिक पूर्वधार लगाएत बाट राम्रो आर्थिक संकलन भएको अध्यक्ष न्यौपानेले बताउनुभयो । सोहि अनुरुप भवनको सबै पक्षहरुलाई मर्मत र आबश्यक भौतिक सामानहरुको जडान सहित निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
