Sunday, August 9News That Matters

कलाकारको फेसबुक ह्याक गरी पैसा माग्ने किशोर पक्राउ

पूर्णपुष्टि, चैत २५

फिल्म काम गर्ने कलाकारहरुको फेसबुक आइडी ह्याक गरी पैसा मागेको आरोपमा एक जना किशोरलाई प्रहरीले नियन्त्रमा लिएको छ । कलाकार दीपाश्री निरौला र सरोज खनालको अकाउन्ट दुरुपयोग गर्ने १४ वर्षीय किशोर पक्राउ परेको हो । किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरिएको थियो ।

ह्याकर्सले अकाउन्टको दुरुपयोग गर्दै फेसबुकबाट म्यूचल फ्रेन्डलाई पैसा मागेको थाहा पाएपछि सरोज र दीपाश्रीले केही दिनअघि मात्रै साइबर ब्यूरोमा उजुरी दिएका थिए । खनालको अकाउन्टबाट त ह्याकर्सले २५ हजार ठगिसकेको खनालले बताएका छन् । उनी दुई जनाको अकाउन्टबाट ह्याकर्सले ८० देखि एक लाखसम्मको रकम माग्दै आएका थिए ।

पक्राउ परेका किशोरलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुर बमोजिम अनुसन्धान गरिरहेको साइबर ब्यूरोले जनाएको छ ।