
पूर्णपुष्टि,चैत २५
मोरङको कटहरी गाउँपालिका–१ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जहदा गाउँपालिका–४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चोरी भएको जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चार जनालई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेको जिल्ला प्रहरी कार्र्यालय मोरङले जनाएको छ ।
चोरीमा संग्लग्न उनीहरु रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान,एलईडी टि.भि. १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित बिराटनगर–८ बाट हिजो दिउँसो पक्राउ परेका हुन् ।
उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
