Friday, June 26News That Matters

कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार

पूर्णपुष्टि,फागुन १६ । स्वर्गीय अभिनेता बीएस राणकी पत्नी र छोरीलाई अभिेनेता सविन श्रेष्ठसहित केही चलचित्रकमीहरुको पहलमा गोलढुंगाबाट उद्धार गरिएको छ । सोमबार बेलुका सातदोबाटो स्थित एक मानसिक अस्पतालमा उनीहरुलाई नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरी रोखेको छ ।

बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् । हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।

राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । ‘उपचार र आश्रय गर्नेगरी हाम्रो रोहवरमा उहाँहरुको उद्धार गरिएको छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि हामीले रकम जुटाउँछौं र उहाँहरुलाई निको तुल्याउँछौं ।’ फिल्म निर्देशक सुरेशदर्पण पोखरेल र सविनले यसतर्फ पहल गरेका छन् । अन्य केही फिल्मकर्मीले पनि उपचार र व्यवस्थापनमा सहयोग गर्ने वचन दिएका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि सघाउने वचन दिएकी छन् ।