
पूर्णपुष्टि,फागुन १६ । उदयपुरकी मोडल तथा समाजसेवी रेखा राईले फ्युजन फुटबल क्लब बोक्सेलाई जर्सी सहयोग प्रदान गरेको छ । सोमबार मुुकुर्ची स्थित प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह बीच मोडर राईले Rekha rai officialको तर्फबाट १८ थान जर्सी वितरण गरेको हो ।
स्थानीय स्तरमा फुटबल खेलको माध्यमबाट आफ्नो मानोवल बृद्धि साथै हौसल्ला प्रदान गर्नको निम्ति आफुले सकेको सहयोग गर्न सफल भएको मोडल राईले बताईन् । उनी भन्छिन् जिल्लाको हकमा पनि खेलको माध्यमबाट आफ्नै गाउँघरका युवापुस्ताहरुबाट राम्रा खेलाडिहरु उत्पादन गर्न सकिने बताईन् ।

सामान्य परिवारमा जन्मलिएर अवसरको खेजीमा देश विदेश पुगेकी राई अहिले भने सामाजिक कार्यमा व्यस्त देखिन्छिन् । उनले कलाकारिता क्षेत्रमा लागिसकेपछि नेपालको धेरै ठाउँहरुमा कार्यक्रमको सिलसिलामा पुगि रकेकी छिन् ।
