Saturday, May 16News That Matters

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजयी खेलाडीलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र

पूर्णपुष्टि, फागुन १६ । गाईघाट । जिल्ला ब्याडमिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय त्रियुुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भयो । पुरुष डबल्स ए डिभिजन, पुरुष डबल्स बि डिभिजन र महिला डबल्स विधामा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

पुरुष डबल्स ए डिभिजन – प्रथम टीम
पुरुष डबल्स ए डिभिजन – दाेस्राे टीम
पुरुष डबल्स ए डिभिजन – तेस्राे टीम
पुरुष डबल्स ए डिभिजन – तेस्राे टीम

पुरुष डबल्स एडिभिजनतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम, सौरभ ठकुरी र विनय चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा बादल अतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बलबहादुर कार्कीको जोडी भए ।

पुरुष डबल्स बी डिभिजन – प्रथम टीम
पुरुष डबल्स बी डिभिजन – दाेस्राे टीम
पुरुष डबल्स बी डिभिजन – तेस्राे टीम
पुरुष डबल्स बी डिभिजन – तेस्राे टीम

पुरुष डबल्स वि डिभिजनतर्फ अनुप मगर र उत्सव पोखरेलको जोडी प्रथम, प्रतिक विष्ट र सुजल चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा भोटराज राई र किसन राईको जोडी तथा लिलबहादुर पुुलामी र कालुराम उरावको जोडी सफल भए ।

महिला डबल्स – प्रथम टीम
महिला डबल्स – दाेस्राे टीम
महिला डबल्स –तेस्राे टीम

महिला डबल्सतर्फ रोजी राई र नितासा मगरको जोडी प्रथम, सर्मिला केसी र निकिता आचार्यको जोडी दोस्रो र तेस्रो स्थानमा दिया राई र स्मृति राईको जोडी तथा मैया मगर र यशोदा राईको जोडी सफल भए ।
विजयी खेलाडीहरुलाई जिल्ला न्यायधिश नवराज दुलाल, सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक अशोककुमार साक्य, मालपोत कार्यालय प्रमुुख कुमार खड्कार, आयोजक संघका अध्यक्ष राजेश कार्की, त्रिनपा वडा नं. वडाध्यक्ष राजकुुमार दनुुवार लगायतले पुरस्कृत गरे ।
कार्यक्रमका सहयोगी तथा रेफ्री, ब्यवस्थापकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगिता सौहाद्रपूर्ण ढंगले सम्पन्न भएको संघको कोषाध्यक्ष सुुवास भट्टराईले बताए । त्रियुुगा नगरपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन हिजो उपमेयर महेश्वरी राईले गरेकी थिइन् ।

अस्पतालमा हुने खर्च ब्याडमिन्टनमा गर्नुस् : न्यायधिश दुलाल


ब्याडमिन्टन प्रतियोगिताको समापन समारोहमा मन्तब्यको क्रममा जिल्ला न्यायधिश नवराज  दुलालले ब्याडमिन्टन् खेलले शारीरिक र मानसिक स्वस्थ्यका फाइदा पुर्याउने बताउनुुभयो । नियमित ब्याडमिन्टन् खेलेमा स्वास्थ्य राम्रो हुने र विरामी परेर अस्पताल जानु नपर्ने बताउनुुभयो ।
“अस्पतालमा खर्च हुने पैसा ब्याडमिन्टनमा गर्नुस्” उहाँले भन्नुुभयो “ब्याडमिन्टन खेल्ने स्वस्थ हुन्छन् त्यसैले अस्पताल जानुुपर्दैन ।”

प्रतियोगिताको फाईनल चरणको खेलहरु अवलोकन गर्न पाउदा भरपुर मनोरञ्जन पाएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुुभयो । खेलमा अनुशासनका साथै शारीरिक तथा मानसिक स्वास्थ्य रहेको र यसले स्वस्थ्य जीवनमा ठूलो महत्व राख्ने बताउनुुभयो । उहाँले खेलाडीहरुलाई प्रोत्साहित गर्दै ब्याडमिन्टन् खेलप्रति उत्साह जगाउने मन्तब्य राख्नुुभयो ।

मेडल र पुरस्कारमा विभेद भएकाे खेलाडीकाे गुनासाे

प्रतियोगिताकाबीच महिलाको खेलाडीहरुका लागि पुरस्कार र ट्रफि अस्वभाविक किसिमको दिएर आयोजकले विभेद देखाएको खेलाडीहरुले गुनासो गरेका छन् । स्वभाविक भन्दा अत्यन्तै सानो र पुरस्कार रासी कम राखेर विभेद गरेको गुनासो महिला खेलाडीहरुको छ ।
पुरुष डबल्स (बि भिडिजन) तर्फ पनि ट्रफिमा विभेद भएको गुनासो खेलाडीहरुले गरेका छन् । सबैभन्दा धेरै प्रतियोगि र प्रतिष्पर्धा भएको बि डिभिजनलाई ए डिभिजनको दाँजोमा ट्रफि निकै नै सामान्य किसिमको दिएर आयोजकले विभेद गरेको गुनासो उनीहरुको छ । बि डिभिजनको सबैभन्दा बडि खेलाडी ६४ जोडी रहेको थियो ।
आठ टिम रहेको ए डिभिजनमा बढि जसो आयोजक खेलाडीहरु नै सामेल रहेका थिए । उनीहरुले ट्रफि र पुरस्कार महिला र बि डिभिजनको भन्दा धेरै नै ठूलो र महङ्गो राखेको पाइएको खेलाडीहरुको भनाई छ ।
यस्तो विभेदको अन्त्य हुनुपर्ने, आयोजक पारदर्शी र विवादरहित हुनुपर्ने भन्दै खेलाडी सर्मिला केसीले प्रतिक्रिया दिएकी थिइन् । उनले आप्mनो जोडीले पाएको पुरस्कारकाे दोब्बर थप गरी बेल्टार ब्याड्मिन्टन एकेडेमीलाई प्रदान गर्नुभयो । एकेडेमीले बालबालिकालाई ब्याडमिन्टनमा प्रोत्साहित गर्दै प्रशिक्षित गराउदै आएकोमा खुुसी ब्यक्त गर्दै एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भेषराज मगरलाई रकम प्रदान गर्नुभयो ।