Tuesday, June 2News That Matters

कलाकार रेखा राईद्वारा गाउँमा सहयाेग

पूर्णपुष्टि, चैत १६ ।
कलाकार रेखा राईले १० घर परिवारलाई राहत सहयाेग गरेकी छिन् । उदयपुरकाे त्रियुगा नगरपालिका १० घर भएकी कलाकार राईले आफ्नै गाउँमा गरिव, अपाङ्ग रहेका १० घरपरिवारलाई सहयाेग गरेकी हुन् । उनले चामल, तेल, नुन, दाल राहत सहयाेग गरेकाे बताईन् ।
साथै १६ जना बालबालिकालाई कापी र पेनसिल एक दर्जनका दरले सहयाेग गरेकी छिन् भने खेलाडिहरुलाई एकथान फुटबल दिएकी छिन् ।
कलाकार राईले वडाध्यक्ष प्रकाश खड्काकाे आतिथ्यमा सहयाेग प्रदान गरेकी हुन् ।