
पूर्णपुष्टि, असोज १८
काँग्रेसको सात जना केन्द्रीय सदस्यसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
पार्टीका केन्द्रीय सदस्यहरु र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोले तत्कालका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
स्थगित बैठक २४ गते बस्नेछ । यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केन्द्रीय सदस्यसहितका नेताहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमणका कारण कांग्रेसले केन्द्रीय कार्यालय पनि आज आइतबारदेखि २२ गतेसम्मका लागि बन्द गरेको छ । आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पनि स्थगित भएको जनाएको छ ।

