Friday, May 22News That Matters

ओमान जान एनओसी नचाहिने

पूर्णपुष्टि, असोज १८

अब ओमान जानको लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ ।
यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब नचाहिने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

ओमान सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको दूतावासले जनाएको छ । बिदामा आएकाहरु अब ६ महिनाभन्दा बढी अबधि भए पनि एनओसी बिनै जान पाउनेछन् । तर स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ ।