
पूर्णपुष्टि,जेष्ट २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको सचिवालयका एक सदस्यले जनाए ।
छिमेकी मुलुक भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो । उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो । उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ।
भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो, उनले भने, त्यही भएर स्वतन्त्र मेयर भएका कारण उहाँलले टिट फर ट्याट गर्न कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ’
प्रधानमन्त्रीलाई सांसदहरूले भारतीय संसदमा राखिएको ुअखण्ड भारतु को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन्।
