
पूर्णपुष्टि, जेष्ठ २५
सरकारले काठमाण्डौँ वसेर पढ्ने विद्यार्थीहरुलाई निशुल्क विद्युतिय चुल्हो प्रदान गर्ने भन्दै माग संकलन फाराम तयार गरेको छ । फाराम सँगै विद्यार्थीहरुलाई विद्युतिय चुल्हो वितरणको निवेदन आह्वान समेत गरिसकेको छ ।
नेपाल सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रले विद्युतिय चुल्हो उपलब्ध गराउने बारे माग संकलन फाराम तयार भएको हो । विद्यार्थीहरुका लागि क्याम्पस तथा विद्यालयका प्रमुखले निवेदज दिएको आधारमा उक्त चुल्हो प्रदान गरिने छ । फाराम भरेर सम्बन्धित ठाउँमा बुझाएपछि चुल्हो पाईने छ, भने यसका लागि बिभिन्न कागजातहरु पनि आवश्यक पर्ने जनाईएको छ ।

