Friday, May 15News That Matters

काठमाण्डौमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

फागुन ६ गते ।

टिपरको ठक्करबाट काठमाण्डौमा एक जनाको मृत्यु भएको छ । गतराती शङ्करापुर नगरपालिका–६ धोला टोलमा टिपरले ठक्कर दिँदा स्थानीय प्रविण श्रेष्ठको मृृत्यु भएको हो ।

ना १ क ४५६४ नम्बरको टिपरले ठक्कर दिदा घाईते भएका श्रेष्ठको उचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

दिउँसो काठमाण्डौमा टिपर चलाउन बन्द गरीएपनि तिब्र गतिले टिपर चलाउँदा दुर्घटना कम हुन सकेको छैन ।