Friday, June 19News That Matters

कोरोना भाइरसबाट अस्पतालका निर्देशकको मृत्यु

फागुन ६ गते । 

चिनको एक मुख्य अस्तालका निर्देशकको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाईरसबाट वुहानमा रहेको वुचाङ्ग अस्पतालको निर्देशक तथा वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार मृत्यु भएको हो ।

कोरोना भाईरसका कारण मृत्यु हुने डक्टर मध्ये ५० वर्षीय लिउ दोस्रो डाक्टर हो भने पहिलो निर्देशक हुन् । वुचाङ्ग अस्पताल कोरोना भाइरस संक्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।

यसअघि चीनमा कोरोना भाइरसको संक्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । उनीमाथि कारबाही पनि गरिएको थियो ।

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।