
फागुन ६ गते ।
रेल, बस प्रयोग गरी स्थलमार्गबाट दिल्ली गएका नेपालीहरू जहाज चढेर नेपाल फर्कन नपाउने भएको छ । परराष्ट्र मन्त्रालयको निर्देशनमा दिल्लीमा रहेको नेपाली दूतावासले ‘आगमन छाप’ भएका यात्रुको राहदानीमा मात्रै ‘प्रस्थान छाप’ लाग्ने जानकारी दिएको हो ।
नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छाप नलगाउने व्यवस्था गर्न मातहत निकायलाई स्पष्ट निर्देशन दिदै नेपाली दूतावासद्वारा सूचना जारी गर्दै प्रस्ट पारेको छ ।
यसरी नेपाली अध्यागमन कार्यालयले प्रस्थान छाप नलगाएपछि सीमा पारी भारतीय अध्यागमनले पनि आगमन छाप नलगाउने भएकाले जहाजबाट फर्कन अनुमती नदिइने सुचनाद्धारा जनाकारी गरएको हो ।
खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी हुने गरेको र स्थलमार्गबाट भारत प्रवेश गरेर तेस्रो मुलुक गएकोले यस्तो व्यवस्था गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सरकारले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेटस् लगायतका मध्यपूर्वका देशमा भारतीय विमानस्थल प्रयोग गरेर जान रोक लगाएको छ ।
