काठमाण्डौमा फेरी फेला पर्यो डेँगु

पूर्णपुष्टि, कार्तिक १८
काठमाण्डौँमा एक बर्ष पछि फेरी डेँगु फेला परेको छ । फोहोरमैला र अध्यादिक चापको कारण काठमाण्डौँ डेँगुको लागि जोखिमनै मानिन्छ । सन् २०१९ मा डेंगुले देशब्यापी महामारीको रूप लिंदा काठमाडौँ शहर पनि व्यापक प्रभावित भएको थियो । सो समयमा नेपालमा महामारी ल्याउनुको मुख्य कारकमा डेंगुको सेरोटाईप–२ भएको अनुसन्धानले देखाएको थियो । हाल केही दिन यता यो पंक्तिकारले काठमाण्डौँको घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढ्दो क्रममा रहेको देखिएको छ । पहिलो डेंगुको सेरोटाईपभन्दा फरक सेरोटाईपले पुनः संक्रमण गरेको भए संक्रमितमा डेंगु झन कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0