
पूणर्पुष्टि, साउन, ८
काठमाण्डौँमा आज मात्रै ९ जना कोरोना संक्रमण थपिएको छ । गएको २४ घण्टामा ९ संक्रमित उपत्यकामा थपिएको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।
योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ ।
