
पूणर्पुष्टि, साउन, ९
उदयपुरको बेलका नरपालिकामा ट्रयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । विहिबार साँझ ५ः१५ बजेको समयमा को २ त ५१८२ नम्बरको ट्याक्टरबाट बेलकाको आम्वासीमा सोही वडाका ४५ वर्षिय तिर्थ बहादुर कार्कीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेको कार्कीलाई पछाडीको चक्काले किच्दा घाइते भएका थिए ।
उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि लगिएको भएपनि साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए ।
चालक र ट्रयाक्टरलाई इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लियर थप अनुसन्धान थालेको छ ।
