Thursday, May 7News That Matters

कात्तिक २२ गते ‘जीवन काँडा कि फूल’ रिलिज हुने

कात्तिक ४ गते । 

चलचित्र ‘जीवन काँडा कि फूल’को रिलिज मिति तोकिएको छ । साहित्यकार झमक घिमिरेको कृति ‘जिवन काँडा कि पूmल’मा आधारित चलचित्र कात्तिक २२ गते रिलिज हुने भएको हो ।

मदन पुरस्कार प्राप्त गर्न सफल ‘जिवन काँडा कि पूmल’ पुस्तकमा आधारीत विनोद बिष्टको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा झमकको सानो हुँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाण्डौकी रोजित वुद्धचार्यले गरेका छन् ।

चलचित्रमा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहको छ । झमकको कथा, मुक्ती उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापाको सम्पादन रहेको छ । चलचित्रमा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सह–निर्माताको रुपमा रहेका छन् ।