
कात्तिक ४ गते ।
नवलपरासीमा १८ जना जुवाडे पक्राउ परेका छन् । देवचुली नगरपालिका –६ मुण्डेबाट जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति पक्राउ गरेको हो ।
राति साढे १ बजे जुवा खेलि रहेको भन्ने गोप्य सुचनाको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
जुवा खालबाट १ लाख ४२ हजार ९ सय ४० रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।
