Wednesday, June 17News That Matters

काभा वुमेन्स भलिबल च्यालेन्जको उपाधि भारतले जित्यो

पूर्णपुष्टि, जेठ १४ । काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपधि भारतले जितेको छ । काठमाण्डौँमा सात राष्ट्र सम्मिलित प्रतियोगितामा भारतले फाईनलमा काजाकस्तानलाई हराउँदै उपाधि जितेको हो ।

आईतबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको फाईनल खेलमा काजाकस्तानलाई सोझो सेटमा ३–० ले हराउँदै भारतले उपाधि हात पारेको हो । यस अघिका दुई संकरण नखेलेका दुवै टिम डेब्यु खेलमा नै फाईनलमा पुगेको हो भने भारतले उपाधि जित्न सफल भयो । प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भारतसँग पराजित हुँदै दोस्रो भएको छ ।