
पूर्णपुष्टि, फागुन ८ ।
कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । ईटहरी –१२ का मन्दु भनिने जस बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसंग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बु र ईटहरी–१२ कै भरत चौधरीले आफ्नो न्यायाधिस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाईदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको छ । अर्का आरोपितको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालयले ईटहरीले जनाएको छ ।
