Wednesday, June 3News That Matters

कार दुर्घटनामा २ वर्षीय बालकको मृत्यु

पूर्णपुष्टि, चैत २४ गते ।
कार दुर्घटनामा परी ललितपरमा दुई वर्षीय बालकको ज्यान गएको छ । बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा बुधबार साँझ सवा ६ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।
कारसहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।