Thursday, April 9News That Matters

कालिका अटो लिङ्कले ल्यायो नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे

पूर्णपुष्टि संवाददाता
१८ चैत, २०८२ । उदयपुर
बजाज दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका आधिकारिक वितरक कालिका अटो लिङ्क प्रा.लि. ले आज उदयपुरको गाइघाटमा नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे सार्वजनिक गरेको छ ।
​नयाँ बजाज वेगो इलेक्ट्रिक स्वरोजगार, कम खर्चिलो, वातावरण मैत्री, आधुनिक डिजाइन, उत्कृष्ट प्रविधि, आरामदायी यात्रा, सहज सवारी अनुभव प्रदान गर्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ । शहरभित्रको दैनिक आवत -जावतका लागि उपयुक्त तीन पाङ्ग्रेले अधिकतम यात्रा आधुनिक स्टायल, न्यूनतम खर्च, उत्कृष्ट प्रदर्शन र विश्वसनीयता प्रस्तुत गर्ने जनाइएको छ ।
नयाँ बजाज वेगो इलेक्ट्रिक लिथियम आयन ब्याट्री प्रणालीद्वारा संचालित छ जसको सिस्टम भोल्टेज ४८ भोल्ट र ब्याट्री क्षमता ५.९ किलो वाट रहेको छ । यसमा शक्तिशाली PMSM इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ जसले मोटर ४.५ किलोवाट निरन्तर पावर तथा ३६ एनएम टर्क उत्पादन गर्दछ। यसमा २-स्पीड AMT ट्रान्समिसन प्रणाली समावेश गरिएको छ जसले सहज र स्मूथ सवारी अनुभव प्रदान गर्दछ ।
​चार्जिङ्गका लागि यसमा २.२ किलोवाट अन-बोर्ड एसी चार्जर उपलब्ध छ जसले करिब ४.३ घण्टामा १०० प्रतिसत चार्ज तथा ३ घण्टा ३० मिनेट भित्र ८० प्रतिसत चार्ज गर्न सक्षम बनाउँने बताइएको छ । यस तीन पाङ्ग्रेमा इको र पावर मोड जस्ता फरक सवारी मोडहरू उपलब्ध रहेको छ जसले प्रयोगकर्तालाई आवश्यकतानुसार प्रदर्शन समायोजन गर्न मद्दत गर्दछ।
​सुरक्षाका लागि बजाज वेगो इलेक्ट्रिकमा हाइड्रोलिक ड्रम ब्रेक प्रणाली उपलब्ध छ। साथै जेनेरेटिभ ब्रेकिङ्ग सिस्टम तथा हिल होल्ड असिस्ट मेकानिजम जस्ता आधुनिक सुरक्षा सुविधाहरू पनि समावेश गरिएको छ।
वेगो इलेक्ट्रिकमा आरामदाइताका लागि ट्विन शोक अब्जर्भर सस्पेन्सन, रेडियल ट्युबलेस टायर (१२०/८० R१२) तथा स्थिर र सन्तुलित डिजाइन प्रदान गरिएको छ। यसको अधिकतम गति करिब ४५ किमी/घण्टा रहेको छ र १०० प्रतिशत चार्जमा करिब १७० किमीसम्मको रेञ्ज प्रदान गर्ने बताइएको छ ।
यो आधिकारिक कालिका अटो लिङ्कको शोरूममा जिरो प्रतिशत ब्याजदरमा उपलब्ध हुने प्रबन्धक उद्धव विष्टले वताउनुभयो ।