Monday, April 20News That Matters

काेराेनाका ६५ हजार बढि बिरामी उपचारपछि निकाे

पूर्णपुष्टि, फागुन २४ ।

काेराेना भाईरसका ५६ हजारभन्दा बढि मानिस उपचारपछि निकाे भएका छन् ।

नेपालकाे एक लाेकप्रिय सञ्चार माध्यम उज्यालाे नेटवकले हाल विश्वमै फैलदै गएकाे काेरला भाईरसका ५६ हजार बढि बिरामी उपचारपछि निकाे भएकाे खबर प्रकाशन गरेकाे छ ।

हालसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि निकाे भएकाे र घर समेत फर्किएका छन् । काेरला भाइरसले ३ हजार ४ सय ६६ जनाको ज्यान गएको जनाइएकाे छ भने ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् ।

उनीहरुमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको जनाइएकाे छ ।

अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएका छन् ।

        काेरनाकाे सम्भावित संक्रमणबाट  सतर्कता अपनाउनु पर्ने र सतर्कता अपनाउन नेपाल सरकारले अाव्हान गरेकाे छ ।
विश्व स्वास्थ्य संगठनले बारम्बार साबुनपानीले हात धुने, खोक्दा र हाच्छँयू गर्दा रुमाल अथवा कपडाले नाकमुख छोप्ने जनाएकाे छ । साथै अनावश्यक रुपमा नाक, आँखा र मुख नछुने र छुनै परे साबुनपानीले हात धोएर मात्र छुने गर्दा पनि संभावित जोखिमबाट बच्न सकिने जनाएको छ ।