Wednesday, May 27News That Matters

काेराेना नियन्त्रणका लागि लालपत्तामा हेल्पडेक्स

पूर्णपुष्टि, चैत १८ । 

उदयपुरको सदरमुकाम गाईघाट प्रवेशको प्रमुख नाकाको रुपमा रहेको त्रियुगा नगरपालिकाको लालपत्तामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि हेप्लडेक्स राखिएको छ ।

जिल्ला जनस्वस्थ्य कार्यालय र त्रियुगा नगरपालिकाको संयुक्त पहल र सहयोगमा लालपत्तामा आज हेल्पडेस्क राखिएको हो ।

जिल्ला जनस्वस्थ्य प्रमुख मोहन सुवेदीका अनुसार हेल्पडेस्कमा सदरमुकाम आउने सवारी साधनका यात्रु तथा पैदल यात्रुलाई ज्वरो आए, नआएको जाँच गरिनेछ । साथै आवश्यक स्वस्थ्य सल्लाह र परामर्श दिइने काम हुन्छ ।

आज विहान स्थापना भएको हेल्पडेक्सको दिउसो त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी गाहरधन राई लगायतले अवलोकन गर्नुभएको थियो ।