
पूर्णपुष्टि, फागुन २२
किराँत राई चाम्लीङ खाम्वातिमहरुको पाँचौ राष्ट्रिय सम्मेलन धरानमा भव्य रुपमा हुने भएको छ । बिभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित यहि फागुन २८÷२९ र ३० गते धरानामा कार्यक्रम गर्न लागिएको किरात राई चाम्लीङ खाम्वातिम केत्द्रीय सम्मेलन आयोजक समितका सदस्य रामकुमार राईले बताए ।
राईका अनुसार कार्यक्रममा करिब ५ हजार चाम्लीङ राईहरुको सहभागी रहने जनाएको छ । देश विदेशमा रहेको सम्पूर्ण चाम्लीङ राई समुदायहरुको उपस्थितिमा कार्यक्रम गर्न लागिएको पनि राईको भनाई छ । प्रदेश नं १ को मुत्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आथित्यतामा सम्मेलन हुन लागेको आयोजक समितिले जनाए ।
कार्यक्रममा राईहरुको बिषेश झाँकी प्रदर्शन समेत गरिने जनाईएको छ । उक्त कार्यक्रमको अवसरमा किराँत चाम्लीङ समुदायमा आधारित चर्चित कितावहरुको किन बेच तथा बिमोचन समेत गर्न लागिएको आयोजकले जनाए । प्रसिद्ध किताहरु मुन्धुम र होसुङ नामक पुस्तक किन्न समेत पाईन छ भने रिलुङ पुस्तकको बिमोचन समेत गर्न लागिएको हो ।
