Wednesday, June 17News That Matters

किराँत राई पत्रकार संघ उदयपुरको अध्यक्षमा बिक्रम राई

पूर्णपुष्टि, भदौ २२ गते ।
किराँत राई पत्रकार संघ उदयपुरको अध्यक्षमा बिक्रम राई निर्वाचित भएको छ । आज भएको पाँचौ जिल्ला अधिबेशनले राईलाई निर्वाचित गरेका हो ।
गाईघाटको होटल ड्रीमल्याण्डमा भएको अधिबेशनले सदस्यीय समिति चयन गरेको छ । जसमा उपाध्यक्ष जानुका राई , सचिबमा चेबाङ राई , सह–सचिवमा मुना राई, कोसाध्यक्षमा सर्मिला राई निर्वाचित भएका छन् । यस्त,ै सदस्यमा भावना राई, प्रबिन राई र बन्दना राई निर्वाचित भएका हुन् ।
किराँत राई यायोक्ख्याका जिल्ला अध्यक्ष नवीन राइको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।