Friday, June 5News That Matters

किरात सभ्यता हो, जात भएको भए प्रदेशको नाम राई माग्ने थियौँ

पूर्णपुष्टि, कार्तिक १५
किरात राई यायोख्खा प्रदेश नं १ ले किरात कुनै जात नभई सभ्यता भएको जनाएको छ । मंगलबार गाईघाट स्थित मंसिर ४ गते हुने आशन्न संघ र प्रदेशको निर्वाचनमा सहभागी हुने उदयपुरका उम्मेदवारहरु सितको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाईएको हो । यदि जातै मागेको भएत हामिले प्रदेश नं १ को नाम राई माग्ने थियौँ, तर हामिले त पहिचान र सभ्यता मागेको हो जस्ले गर्दा किरात माग्यौ, किरात राई यायोख्खा प्रदेश नं १ का उपाध्यक्ष बलराम राईले भने”, “ राईले किरात बिभिन्न इतिहाँस, पुस्तक, लिपी, माहाभारत जस्ता महत्वपूर्ण चर्चित माध्यमहरुमा पनि उल्लेख गरिएको पुष्टि गरे । यदि यो जात भएको भए यस्को कुनै महत्व थिएन उनले भने, नामकरणको बिषयमा कोशी, सगरमाथा जस्ता नाम चल्यो तर त्यो कुनै पनि पहिचान नभएको जनाए । उनले प्रश्न गर्दै भन्यो के पहिचान कोशीलाई चाहिएको हो ? पहिचान सगरमाथालाई चाहिएको हो ? हैन् पहिचान त मानव जातिलाई चाहिएको हो । हिजो बिभिन्न आन्दोलनहरुमा पहिचानको नाममा फाईदा लुट्नेहरु अहिले मानव जातिको सभ्यतालाई मेटाउन प्रयास गरिरहेको छ उनले भने, प्रदेश नं १ मा किरातीहरुको बसोवास, संस्कार संस्कृति, पहिचान र सभ्यतालाई बचाउन पनि किरात प्रदेशको माग गरिएको उनको भनाई छ । यसले यहाँ बसोवास गर्ने सम्पूण जातजातिलाई समेटछ् किनाकी यो सबैको सभ्यता हो उनको भनाई छ । किरात भित्र आदिवासी जनजातिहरु सबै समेटीनुका साथै गैर आदिवासीहरुलाई पनि यस भित्रको सभ्यताले समेट्ने राईको भनाई छ ।