Friday, June 5News That Matters

रमेश खरेलको पार्टी आमा चिन्हबाट उदयपुरमा प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ २ जना उम्मेदवार

पूर्णपुष्टि, कार्तिक १६
आमा चुनाव चिन्ह रहेको रमेश खरेललको पार्टी स्वतन्त्र राजनितिक शक्ति नेपालबाट उदयपुरमा ३ जना प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रेका छन् । प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यका लागि हरि बुढाथोकी रहेका छन् भने प्रदेश तर्फ भरत कुमार बजगाँई र कल्पना सापकोटा रहेकी छिन् । बुढाथोकी प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ बाट चुनावी मैदानमा उत्रेका हुन् । यता प्रदेश सभा सदस्यका लागि बजगाँई क्षेत्र नं १ (ख) बाट र सापकोटा क्षेत्र नं १ को (क) बाट चुनावमा होमिएकी छिन् ।

 

यस्तै गरी समानुपातिक तर्फ भने सम्झना राई र मिना कुमारी मगर उठेकी छिन् । करिब १५ ओटा दलहरु मिलेर स्वतन्त्र राजनितिक शक्ति नेपाल बेनेको यस पार्टीलाई रमेश खरेलले नेतृत्व गर्दैछ । खरेल स्पष्ट बक्ता र स्वच्छ छबी भ्रष्टचार र दुरुपयोग शक्तिहरुको बिरोधी व्यक्ति समेत हुन् । खरेल नेपाल प्रहरीको पूर्व डिआईजी समेत हुन् । उनले देशमा भएको राजनितिक पावरको दुरुपयोग बारे आवाज उठाउँदै बिचमै जागिर बाट राजिनामा दिएका थिए । उनले अव यस्तो खालको राजनितिक पावरको दुरुपयोगको आफ्नो पर्टीले नियन्त्र गर्नुका साथै सबै जनताहरुलाई एउटै तराजुमा समावेस गराउने उनको योजना छ ।