
पूर्णपुष्टि, माघ २
किरात राई समुदायको नयाँ सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाइएको छ । बेलका नगरपालिकाको वडा नं. ६ साकेला पार्कमा किरात राई योयोक्खाका केन्द्रीय उपाध्यक्ष राकेश राईले विहिबार कार्यक्रमलाई उद्घाटन गरी भव्यरुपमा मनाइएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले किरात राई समुदाय पूर्खाहरु इतिहासको कालखण्डदेखिनै वैज्ञानिक भएको बताउनुभयाे । किरात जाति यो भूमिको एक सृष्टिकर्ता भएको बताउँदै यहाँका सबै जातजातिका संस्कार संस्कृृृतिहरु राज्यको सम्पति भएको बताउनुभयाे । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले पूर्वाञ्चल १ नं. प्रदेशमा किरात राई समुदायको बाहुल्यता भएको बताउँदै नयाँ वर्ष यलेदाङको सबैमा शुभकामना व्यक्त गर्नुभयाे ।
त्यसैगरी वेलका नगरपालिकाका प्रमुख दुर्गाबहादुर थापाले किरात समुदायको बसोवास भएकोले यहाँ पहिलो पटक किरात राई संस्कृतिलाई प्राथमिक्तामा राखेर बबला र मैनामैनीलाई पालिकाको विशेष संरक्षीत क्षेत्र घोषण गरिएको बताउनुभयाे । किराया जिल्ला अध्यक्ष वलधन राई, किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष रामकरण राई, किरायाका वरिष्ठ संरक्षक गणेश पमा राई, नेपाल आदिवासी जनजाति महासंघ बेलकाका अध्यक्ष ललित राई त्यसैगरी विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, गायिका सरिता राई, गायक दिपेन्द्र राई, स्थानीय कलाकारहरु उमेश मेवाहाङ राई, अनुप सुदन राई, सम्भू थापा लगायतले गीत प्रस्तुत गरेका थिए । साथै स्थानीय कलाकारहरूले पनि वेजाेड प्रस्तुती राखेका थिए । आयोजकलाई आर्थिक सहयोग गर्ने संघ संस्थाहरुलाई कदर पत्रलेसमेत प्रमुख अतिथिद्वारा प्रदान गरिएकाृ थियो । सो कार्यक्रममा चौदण्डीगढी किरायाले आफ्नो साकेला नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रम सुरेन्द्र राईको अध्यक्षता र सुरेस राईको सञ्चालनमा कार्यक्रम भएको थियो ।
