Monday, July 13News That Matters

किरियापुत्री बसेका दुई जनाको आग्लागीबाट ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २१

किरियापुत्री बसेका दुईजनाको आग्लागीबाट ज्यान गएको छ । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुईदम्पतीको ज्यान गएको हो । ४७ वर्षीय राजेन्द्रबाबु र ४४ वर्षीय कमला भण्डारी दाहालले ज्यान गुमाएको वडाध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

सात दिन अघि मात्रै बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर ज्यान गएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारको लागि ओखरबाटे बजार ल्याउँदै गर्दा बाटैमा ज्यान गएको र उनकी श्रीमती कमलाको घटनास्थलमै ज्यान गएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।