Thursday, May 21News That Matters

किशोरीमाथि सामूहिक बलात्कार

पूर्णपुष्टि, बैशाख २ गते । 

कैलालीमा एक किशोरी सामूहिक बलात्कृत भएकी छन् । सामुहिक बलात्कारमा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ निबासी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

आफन्तलाई भेटेर घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पिडित किशोरीले आफुलाई कुटपिट गर्दै बलात्कार गरेको बयान दिएको प्रहरीले जनाएको छ । धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको प्रहरीले जनाएको छ ।